बेललाई भित्र्याउन रियलसँग छलफलमा स्पर्स

वेल्सका फरवार्ड गेराथ बेललाई क्लबमा पुनः भित्र्याउनका लागि टोटनह्याम हटस्पर्सले रियल म्याड्रिडसँग छलफल शुरु गरेको छ । ३१ वर्षीय बेलले सन् २०१३ मा तत्कालिन विश्वकीर्तिमानी ८.५ करोड पाउन्डमा स्पर्स छाडेर रियलसँग आबद्ध भएका थिए । त्यसयता उनले क्लबका लागि १ सयभन्दा बढी गोल गर्नका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका छन् ।
‘गेराथले अझै पनि स्पर्सलाई माया गर्छन्,’ उनका एजेन्ट जोनाथन बार्नेटले बीबीसी स्पोर्टसँग भने, ‘उनी त्यहाँ हुन चाहन्छन् ।’
बेल र रियलका डिफेन्डर सर्जियो रेगुइलन म्यान्चेस्टर युनाइटेड आउनसक्ने चर्चा पनि चलिरहेको छ । २३ वर्षीय स्पेनिस खेलाडी रेगुइलन रियलको युथ टिमबाट आएका हुन् र उनले सिनियर टोलीका लागि सन् २०१८ मा डेब्यु गरेका थिए । युनाइटेडले उनलाई अनुबन्ध गर्ने बारे छलफल गरे पनि रियलले करारमा ‘पुनः किन्न सक्ने’ बुँदा राख्न भनेपछि युनाइटेडपछि हटेको बताइन्छ ।
यसले गर्दा टोटनह्यामलाई छलफलअघि बढाउने मौका मिलेको समाचारमा उल्लेख गरिएको छ । हाललाई बेल ‘लोन’ मा टोटनह्याम आउने सम्भावना प्रबल रहेको छ । तर, सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीबाट रकम असुल गर्न रियलले उनलाई बेच्न सक्ने सम्भावना पनि छ ।
स्पर्सका लागि बेलको तलब रकम समस्या हुन सक्छ । रियलसँग अझै पनि उनको दुई वर्षको करार रहेको छ । उनले हप्तामा ६ लाख पाउन्ड आम्दानी गर्छन् ।
शुरुवाती सिजनमा रियलमा सफल देखिएका बेलले सन् २०१४ र २०१८ को च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए । तर, पछिल्लो समय चोट र म्यानेजर जिनेदिन जिदानसँगको सम्बन्धमा दरार आएको कारण उनले बिस्तारै ओझेलमा पर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म