शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अपडेटः विश्वमा ९ लाख ३९ हजार बढीको मृत्यु, देशमा बढी प्रभाव

बुधबार, ३१ भदौ २०७७, ११ : ५०
बुधबार, ३१ भदौ २०७७

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु  भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बुधबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख  ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा  ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ । 
ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ । 
पेरुमा ७ लाख  ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ । 
स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप