काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
बुधबार, ३१ भदौ २०७७, १० : ३४
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
उनका अनुसार गएराति ज्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ ।
महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्ट्यान्ट डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोध सागर ढकाल, डा प्रमेश सुन्दर श्रेष्ठलगायतको टीम संलग्न रहेको छ । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी