बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महँगोमा प्याज बेच्ने बल्खुका व्यापारी पक्राउ

बुधबार, ३१ भदौ २०७७, १० : २१
बुधबार, ३१ भदौ २०७७

काठमाडौं । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् । 

भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । 
काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप