यो विलासी बंगलामा बस्छन् प्रियंका र निक जोनस, मूल्य कति होला ?
बुधबार, ३१ भदौ २०७७, ०९ : ५९
विवाहपछि निक जोनस र प्रियंका चोपडा आफ्नो जीवनमा निकै खुसी छन् र आफ्ना प्रत्येक समय रमाइलो गरी बिताइरहेका छन् । प्रियंका विवाह पछि निकको लक एन्जिल्समा अवस्थित घरमा बस्छिन् । त्यहाँ उनको घर निकै नै सुन्दर छ ।
निक जोनस र प्रियंकाको लस एन्जिल्सस्थित यो घर निकले प्रियंकालाई उपहारस्वरुप दिएका हुन् ।
यी दुईको यो घर कुनै विलासी महलभन्दा कम छैन । स्रोतका अनुसार उनीहरुको यो घर २० हजार वर्ग फुटमा बनेको छ जसमा ७ कोठा, ११ बाथरुम, मुभी थिएटर, बार, इन्डोर बास्केटबल कोर्ट, स्विमिङ पूल छन् ।
यो घर बाहिरबाट हेर्दा जति सुन्दर हो, भित्रबाट झनै राम्रो छ । निक र प्रियंकाको यो घरको डिजाइन नै युनिक छ ।
स्रोतका अनुसार निक जोनस र प्रियंका चोपडाको यो घरको मूल्य १५० करोड भारु हो ।
निक र प्रियंकाले यसै वर्ष लस एन्जिल्समा उक्त घर खरिद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा