बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माछा मार्न जाँदा चट्याङ लागेर एक बालिकाको मृत्यु

बुधबार, ३१ भदौ २०७७, ०९ : ३६
बुधबार, ३१ भदौ २०७७

सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासि परेको चट्याङले सुष्मा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप