शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लद्दाखमा भारतीय र चिनियाँ सेनाले गरेका थिए १००–२०० राउन्ड फायरिङ

बुधबार, ३१ भदौ २०७७, ०८ : ५४
बुधबार, ३१ भदौ २०७७

भारतीय विदेशमन्त्री एस. जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच १० सेप्टेम्बरमा रुसमा भएको सम्झौता अघि चिनियाँ र भारतीय सेनाले पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा १०० देखि २०० पटक गोली चलाएका थिए ।

अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो फायरिङ चुशुल सब सेक्टरमा भएको गोलीबारीभन्दा गम्भीर थियो । यो पूरा घटनाबारे जानकार एक सरकारी अधिकारीले इन्डियन एक्सप्रेससँगको कुराकानीमा उक्त घटना पेङ्गोङ्ग त्सो तालको उत्तरी किनारामा भएको बताए ।

सरकारी अधिकारीले भने, ‘दुबै पक्षबीच सयदेखि दुई सय राउन्ड गोली चलाइयो ।’

यसअघि सात सेप्टेम्बरमा चुशुल सब सेक्टरमा भएको फायरिङको विषयमा भारत र चीनले एक बयान जारी गरेका थिए । बयान अनुसार ४५ वर्षमा पहिलोपटक एलएसीमा गोलीबारी भएको हो ।

भारतीय सेनाले यसबारे आफ्नो बयानमा भनेका थिए, ‘सात सेप्टेम्बर, सोमबारका दिन चिनियाँ सेना (पिएलए) का सैनिक एलएसीमा भातको एक पोजिशनतर्फ अघि बढ्ने कोसिस गरिरहेका थिए । हाम्रा सैनिकले उनीहरुलाई त्यहाँबाट लखेट्दा

उनीहरुले हावामा थुप्रै राउन्ड फायरिङ गरेर हाम्रा सैनिकलाई तर्साउने कोसिस गरे ।’

यसअघि चीनले सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एकपटक पुनः गैर–कानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चिनियाँ सीमामा तैनाथ सैनिकमाथि वार्निङ सट फायर गरेको बताएका थिए ।

यद्यपि, पेङ्गोङ्ग त्सोको उत्तरी किनारामा १००–२०० राउन्ड भएको फायरिङबारे दुबै देशले आधिकारिक रुपमा केही पनि भनेको छैन जबकि यो गोलीबारी चुशुल सब सेक्टरमा भएको फायरिङभन्दा थुप्रै गुणा बढी गम्भीर थियो ।

इन्डियन एक्सप्रेसले यो खबरलाई पहिलो पानामा लिड खबरको रुपमा प्रकाशित गरेको छ ।

भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वांग यी भेटघाटपछि दुबै पक्षले सबै सम्झौता र प्रोटोकलको पालना गर्ने र तनाव बढाउने कुनै पनि कारवाही नगर्न सहमत भएका थिए ।

सन् १९९६ र २००५ मा भएको भारत–चीन सन्धिमा कारण फेस–अफका दुबै देशका जवानलाई फायर आर्म्स (बन्दुक) प्रयोग गर्न अनुमति छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप