शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कपनबाट  १३ लाख लुट्ने थुनुवाको समूहलाई कोरोना संक्रमण पुष्टि

बुधबार, ३१ भदौ २०७७, ०८ : २७
बुधबार, ३१ भदौ २०७७

काठमाडौँ । कपन स्थित आनी गुम्बा नजिक सस्तोमा सुन किन्न बोलाएर १३ लाख ५० हजार लुटपाट गर्ने समूहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुढानिलकण्ठ नगरपालिका–११ मा उदयपुर चौदण्डीका निराहाङ राईलाई भदौ १८ को साँझ ५ जनाको समूहले लुटेका थिए । लुटपाटको उजूरीपछि महानगरीय अपराध महाशाखा र वृत बौद्धको टोलीले उनिहरुलाई पक्रेर हिरासतमा राखेको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका चारजना र सर्लाहीका १ जना छन् ।

संक्रमण पुष्टि भएपछि आरोपीलाई जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको आइसोलेशनमा भर्ना गरिएको छ ।

थुुनुवा बाहेक, महानगरीय प्रहरी वृत बौद्धका १६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा राखिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले रातोपाटीलाई बताए ।

लुटपाटमा संलग्न समूह मध्येका एकजनाले लुटेको पैसाले प्रदेश–३–०२–०१३ प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप