इजराइल, यूएई र बहराइनबीच ऐतिहासिक सम्झौता
संयुक्त अरब इमिरेट्स र बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
दुबै खाडी देशबीच सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई नयाँ मध्य पूर्वको सुरुवात भनेर यसको तारिफ गरेका छन् ।
उनले सम्झौतामा दस्तखत गरिएको एक भिडियो सेयर गर्दै लेखे, ‘दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मिडिल ईस्टको सुरुवता गरेका छौं । इजराइल, संयुक्त अरब इमिरेट्स र बहराइनका जनतालाई बधाई । भगवानले तपाईंहरु सबैको भलो गरुन् ।’
After decades of division and conflict, we mark the dawn of a new Middle East. Congratulations to the people of Israel, the people of the United Arab Emirates, and the people of the Kingdom of Bahrain. God Bless You All! pic.twitter.com/gpeqFDtr0S
— Donald J. Trump (@realDonaldTrump) September 15, 2020
डोनल्ड ट्रम्पले मंगलबारको कार्यक्रममा उपस्थित हुन ह्वाइट हाउस पुगेका मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘आज दिउँसो हामी यहाँ इतिहास फेर्न आएका छौं । इजराइल, यूएई र बहराइनले अब आ–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन् । उनीहरु अब साथी हुन् ।–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन् । उनीहरु अब साथी हुन् ।’
✓ SIGNED: The Abraham Accords
— Senate Republicans (@SenateGOP) September 15, 2020
This is a historic day for American leadership.
This is a historic breakthrough for lasting peace in the Middle East.
This is a historic achievement for President @realdonaldtrump and his team.
🕊️ 🌎 🇺🇸 pic.twitter.com/befl2A9J7l
प्यालेस्टाइन रुष्ट, आपत्ति जनायोः
अमेरिका, यूएई र बहराइनले यो सम्झौतालाई ऐतिहासिक बताएको छ । संयुक्त अरब इमिरेट्स र बहराइनलाई यो सम्झौतासम्म पुर्याउनमा डोनल्ड ट्रम्पको मुख्य भूमिका रह्यो ।
इजराइल–प्यालेस्टाइन संघर्षलाई हल गर्ने उद्देश्यले जनवरीमा आफ्नो मध्य पूर्व शान्ति योजना पेश गरेका राष्ट्रपति ट्रम्पले दुबै सम्झौता गर्न मद्दत गरे ।
यसका साथै, यूएई र बहराइनले सन् १९४८ मा इजराइलको स्थापनापछि यसलाई मान्यता दिने तेस्रो र चौथो अरब देश बनेको छ ।
अघिल्लो महिना संयुक्त अरब इमिरेट्स अर्थात् यूएई पनि इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्न सहमत भएको थियो । त्यतिबेला देखि नै बहराइनले पनि यस्तै गर्नसक्ने अनुमान लगाइँदै थियो ।
सम्झौतापछि राष्ट्रपति ट्रम्पले अन्य अरब देश पनि यसै दिशामा अघि बढ्ने आशा जताएका छन् । यद्यपि, प्यालेस्टाइनका जनताले अरब देशसँग जबसम्म प्यालेस्टाइन र इजराइलबीच विवाद हल हुँदैन, तबसम्म प्रतिक्षा गर्न अपिल गरेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता