भूकम्पको इपिसेन्टर : भोटेकोशी गाउँपालिकाका अध्यक्ष भन्छन् – तीन पटकसम्म बेस्सरी हल्लायो
काठमाडौँ । वर्षात्को समयमा बाढीपहिरोको प्रकोप खेप्दै आएको सिन्धुपाल्चोकमा बुधबार बिहान फेरि भूकम्प गएको छ । भूकम्प सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु बनाएर ६ रिक्टरस्केलको गएको हो ।
सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्को प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकबासीमा बुृधबारको भूकम्पले थप त्रास बढेको छ। यद्यपी भूकम्प शक्तिशाली भएपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएको बताए ।

यता भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले तीनपटकसम्म भूकम्पले हल्लाएको बताए । अहिले सिन्धुपाल्चोकमा त्रास फैलिएपनि क्षतिको विवरण आइनसकेको बताए । उनले भने, ‘म पनि गाउँमा छु । अहिलेसम्म कहाँ के कति क्षति भयो भन्ने विवरण आएको छैन।’
यस्तै बाह्रबिसे नगरपालिकाकी उपाध्यक्ष सुशीला पाख्रिने पनि अहिलेसम्म क्षतिको विवरण नआएको बताइन् । ‘हामी बुझ्दै छौँ । भूकम्पको केन्द्रबिन्दु रहेको राम्चे क्षेत्र बाह्रबिसे–९ मा पर्छ ।’
राम्चे बाह्रबिसे र बलेफी गाउँपालिकाको सिमानास्थित जुरेको माथिल्लो भाग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
