काठमाडौँमा भूकम्पको धक्का महसुस
बुधबार, ३१ भदौ २०७७, ०५ : २४
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले रातोपाटीलाई बताए ।
यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।