बर्माका शरणार्थी सरह नेपालीलाई नागरिकता दिलाउने राजदूत बराल
विसं २०३५ जेठ ३१ मा तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालले प्रहरी सेवाबाट अवकाश पाउनुभयो । करिब २२ वर्षे फौजी जागिरबाट फुर्सद भएपछि उहाँ चारधाम यात्रामा जानुभयो । यात्राकै क्रममा एक दिन उहाँलाई काठमाडौंस्थित निवासबाट छोराको फोन आयो ‘हार्दिक बधाई छ, हजुर । हजुरलाई बर्माका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ । तुरून्त सम्पर्क गर्नू भनेको छ ।’
यो सुनेर उहाँ अचम्मित हुनुभयो । पूर्वआईजीपी ज्ञानबहादुर याकथुम्बाबाहेक अन्य कोही पनि अवकाश प्राप्त प्रहरी प्रमुखलाई नेपाली राजदूतमा नियुक्त गरिएको थिएन । अद्यपर्यन्त नेपाल प्रहरीको इतिहासमा याकथुम्बा र बरालबाहेक अन्य कोही पनि पूर्व प्रहरीलाई राजदूतमा नियुक्त गरिएको छैन । संयोगवश बरालले आईजीपीमा नियुक्त भएको खबर जसरी पाउनुभयो, राजदूत नियुक्तिको खबर पनि त्यसरी नै पाउनुभयो । दुवै नियुक्तिमा उहाँभन्दा पहिला अरूले नै थाहा पाएर बधाई दिएका थिए ।
खड्गजित बरालको जन्म विसं १९८५ वैशाख ५ मा तत्कालीन पाल्पा (हाल पूर्वी नवलपरासी) को देवचुलीस्थित चुलीबोझा गाउँमा भएको हो । उहाँ कप्तान बहादुरसिंह बराल र सरस्वती बरालको कान्छो छोरा हुनुहुन्छ । उहाँले विसं २०३६ देखि २०४२ सालसम्म तत्कालीन बर्मा (हाल म्यानमार) का लागि आवासीय नेपाली राजदूतको जिम्मेवारी बहन गर्नुभयो । यसका अतिरिक्त उहाँले इन्डोनेसिया, सिङ्गापुर र फ्रेन्च इन्डो–चाइना (लाओस, कम्बोडिया र भियतनाम)का लागि गैरआवासीय राजदूतको जिम्मेवारी एकैसाथ बहन गर्नुभएको थियो । राष्ट्रको आर्थिक अवस्था हेरेर एउटै व्यक्तिलाई एकैसाथ विभिन्न देशका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिने चलन हालसम्म कायमै छ ।
विसं १८८२ अघि नै बर्मामा नेपालीहरूको बसोवास थियो । भारतपछि नेपालीको जनसङ्ख्या सबैभन्दा बढी बर्मामै छ । एक हिसाबले त्यसलाई सानो नेपाल भने हुन्छ । २०३६ सालको माघर फाल्गुणतिर बराल राजदूत भई बर्मा पुग्दा त्यहाँ नेपालीको जनसङ्ख्या करिब साढे तीन लाख थियो । तत्कालीन जेनरल ने विनको नेतृत्वमा कठोर सैनिक शासन भएकाले त्यहाँ नागिरकका धेरै अधिकार प्रतिबन्धित थिए ।
विसं १८८२ अघि नै बर्मामा नेपालीहरूको बसोवास थियो । भारतपछि नेपालीको जनसङ्ख्या सबैभन्दा बढी बर्मामै छ । एक हिसाबले त्यसलाई सानो नेपाल भने हुन्छ । २०३६ सालको माघर फाल्गुणतिर बराल राजदूत भई बर्मा पुग्दा त्यहाँ नेपालीको जनसङ्ख्या करिब साढे तीन लाख थियो । तत्कालीन जेनरल ने विनको नेतृत्वमा कठोर सैनिक शासन भएकाले त्यहाँ नागिरकका धेरै अधिकार प्रतिबन्धित थिए । यस्तो अवस्थामा प्रत्येक गोरखालीसँग कम्तीमा दुई चार सय गाई थियो । जुनसुकै जङ्गल पसेर आफूलाई चाहे जति जग्गा आवाद गर्न छुट थियो । आवाद गरेको सबै जग्गा स्थायी रूपमा आफ्नै हुन्थ्यो । यसैले उनीहरूसँग जग्गाको कमी थिएन ।
यद्यपि बर्माका अधिकांश नेपाली त्यहाँ दोस्रो दर्जाको नागिरकसरह जीवन बिताइरहेका थिए । साथमा एफआरसी (फरेनर रेजिस्ट्रेसन सर्टिफिकेट) मात्र भएको हुँदा अनुमतिबिना बर्मामा हिँडडुल गर्न उनीहरु प्रतिबन्धित थिए । अन्य बर्मेलीसरह अधिकार थिएन । उनीहरु सरकारी सेवाको अवसरबाट वञ्चित थिए ।
साथै डाक्टर र इन्जिनियरिङका कोर्सहरू पढ्नबाट समेत उनीहरुमाथि प्रतिबन्ध लगाइएको थियो । उनीहरु कम्पनीसमेत दर्ता गर्न पाउँदैन थिए । त्यसैले बर्माका अधिकांश नेपालीको जीविका कृषिकै भरमा थियो । अधिकारविहीन भएर शरणार्थीको जीवन जिउन बाध्य भएकोमा उनीहरू दुःखी थिए । ‘नेपाल फर्कन पाऔँ’ भनी भिसा र राहदानीका लागि दैनिक दुई तीन सय नेपाली बर्मास्थित दूतावासमा लाम लाग्थे ।
वि.सं. २०३६ मा ओहोदाको प्रमाण पत्र पेश गर्ने क्रममा राजदूत बराल (दायाँ) बर्माका राष्ट्रपति जनरेल ने.विन. का साथ ।
उनीहरु नेपाल फर्किए पनि नेपाली नागरिकता पाउन सहज थिएन । यो वास्तविकता उनीहरूले बुझेका थिएनन् । नेपाल फर्किएको अवस्थामा उनीहरूको दैनिकी अझ कष्टकर बन्ने निश्चित थियो । यो बुझेर राजदूत बरालले उनीहरूलाई बर्मिज नागरिकता दिलाउन प्रयास गर्नुभयो । बर्मामा ठूलो सङ्ख्यामा रहेका नेपालीले त्यहीँ निर्वाध रूपले विचरण गर्न पाउनुपर्छ भनी उहाँले ने विन सरकारसँग वार्ता सुरु गर्नुभयो ।
यद्यपि उनीहरु नेपाल फर्किए पनि नेपाली नागरिकता पाउन सहज थिएन । यो वास्तविकता उनीहरूले बुझेका थिएनन् । नेपाल फर्किएको अवस्थामा उनीहरूको दैनिकी अझ कष्टकर बन्ने निश्चित थियो । यो बुझेर राजदूत बरालले उनीहरूलाई बर्मिज नागरिकता दिलाउन प्रयास गर्नुभयो । बर्मामा ठूलो सङ्ख्यामा रहेका नेपालीले त्यहीँ निर्वाध रूपले विचरण गर्न पाउनुपर्छ भनी उहाँले ने विन सरकारसँग वार्ता सुरु गर्नुभयो । प्रहरी सेवामा छँदै हक्की स्वभावको परिचय बनाउनुभएका बरालले जेनरल ने विनको कठोर सैनिक शासनको बिगबिगीमा एक कुशल कूटनीतिज्ञको चातुर्य प्रदर्शन गर्दै अनवरत तार्किक बहसबाट बर्मिज सरकारलाई सहमत गराउनुभयो ।
तद्अनुरूप बरालको सतत प्रयासपछि बर्मिज सरकारद्वारा बर्माका हजारौँ नेपालीलाई एनआरसी (नेसनल रेजिस्ट्रेसन सर्टिफिकेट) अर्थात नागरिकता प्रदान गरियो । यो बरालको सानो सफलता थिएन । बरालको पहलमा भएको यस कदमलाई बर्मेली र नेपालीहरू दुवैले मुक्तकण्ठले प्रशंसा गरेका थिए । बर्माका हजारौँ नेपालीलाई बर्मेलीसरह हक दिलाउने राजदूत बरालको यो गुन हालसम्म त्यहाँका नेपाली समुदायको स्मृतिबाट हट्न सकेको छैन ।
नेपालको पञ्चायती व्यवस्थामा झैँ तत्कालीन बर्माको सैनिक शासनले पनि राष्ट्रिय एकताका लागि ‘एक भाषा एक पहिरन’को सिद्धान्तलाई व्यवहारमै कार्यान्वयन गरेको थियो । यसले गर्दा त्यहाँ नेपाली भाषा र संस्कृति विस्तारै लोपोन्मुख अवस्थामा थियो । बर्माका नेपालीले नेपालीपनलाई बचाई राखून् भन्ने राजदूत बरालको चाहना थियो । आफ्नो आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप नरुचाउने बर्माको सैनिक शासनमा नयाँ कुरालाई सहजै कार्यान्वयन गर्न सकिने स्थिति थिएन ।
यस्तो अवस्थामा पनि बर्मामा नेपाली भाषा र संस्कृतिका साथै हिन्दु धर्मको जगेर्ना गर्न बरालले राजदूतको पदभार ग्रहण गरेदेखि नै अग्रसरता देखाउनुभयो ।
बर्माका विद्यालयमा बर्मिज भाषाबाहेक अरू भाषा पढ्न नपाइने त्यस समयमा नेपालीका लागि छुट्टै विद्यालय स्थापना गर्न सम्भव थिएन । नेपाली भाषालाई लोप हुनबाट बचाउन बरालकै पहलमा नेपालबाट कक्षा १ देखि ४ सम्मका नेपाली भाषाका पुस्तक मगाइए । डिप्लोम्याटिक ब्यागमा लगिएका महेन्द्रमाला र सामाजिक शिक्षाका ती पुस्तकहरूको पठनपाठनका निम्ति उहाँको निर्देशनमा बर्माका नेपालीहरूलाई धेरै ठाउँमा नेपाली फोया (मन्दिर) स्थापना गर्न लगाइयो ।
बर्माका विद्यालयमा बर्मिज भाषाबाहेक अरू भाषा पढ्न नपाइने त्यस समयमा नेपालीका लागि छुट्टै विद्यालय स्थापना गर्न सम्भव थिएन । नेपाली भाषालाई लोप हुनबाट बचाउन बरालकै पहलमा नेपालबाट कक्षा १ देखि ४ सम्मका नेपाली भाषाका पुस्तक मगाइए । डिप्लोम्याटिक ब्यागमा लगिएका महेन्द्रमाला र सामाजिक शिक्षाका ती पुस्तकहरूको पठनपाठनका निम्ति उहाँको निर्देशनमा बर्माका नेपालीहरूलाई धेरै ठाउँमा नेपाली फोया (मन्दिर) स्थापना गर्न लगाइयो । प्रत्येक फोयामा गौतम बुद्धको मूर्ति अनिवार्य राख्न लगाई वरपर राम, कृष्ण, शिव र देवीका मूर्ति राखिए । यसबाट धार्मिक सहिष्णुताको अभिवृद्धि भयो र नेपाली भाषाको पठनपाठन पनि सहज हुन गयो ।
नेपालको निर्दलीय पञ्चायती व्यवस्थामा झैँ ने विन सरकारले पनि बर्मामा सङ्गठनमाथि प्रतिबन्ध लगाएको थियो । त्यस्तो अवस्थामा बरालले एक वर्षको सतत प्रयासबाट सम्बन्धित सरकारी पदाधिकारीहरूलाई सहमत गराई २०३८÷३९ सालतिर ‘अखिल बर्मा देशीय हिन्दु गोर्खा सङ्घ’ दर्ता गराउनुभयो । त्यही सङ्घ अन्तर्गत नेपाली भाषाको पठनपाठनले गति लियो । बर्माका नेपालीले अहिलेसम्म नेपाली बोल्न र लेख्न सक्नु यसैको परिणाम हुनुपर्छ । यो सङ्घ खुलेपछि बर्माका नेपाली समुदायलाई धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सहज भयो ।
त्यस्तै नेपालको मौलिकपनलाई जीवन्त राख्ने अभिप्रायले बरालको निर्देशनमा नेपालबाट सूचिकारहरू झिकाएर नेपाली पोसाक सिलाउने व्यवस्था गरियो । दौरा सुरुलाल, इस्टकोट, चौबन्दी चोलो आदि बर्मामा हालसम्म कायमै छन् ।
बरालका बुवा एक प्रख्यात राष्ट्रवादी कवि पनि हुनुहुन्थ्यो । पिताको प्रभावले बाल्यावस्थादेखि नै उहाँको नेपाली साहित्यप्रति अभिरुचि थियो । बाल्यावस्थादेखि नै उहाँ आदिकवि भानुभक्त आचार्य र बहादुरसिंह बरालका साहित्यिक रचनाबाट प्रभावित हुनुभयो ।२०३९ सालतिर तत्कालीन राजदूत बरालको अग्रसरतामा बर्मामा नेपाली साहित्य सम्मेलन आयोजना गरियो । यस सम्मेलनमा ‘ऐरावदी’ नामक प्रथम नेपाली त्रैमासिक पत्रिकाको प्रकाशन थालनी गर्ने निर्णय भयो । ऐरावदी पत्रिकाले करिब तीन दशकसम्म निरन्तरता पायो ।
त्यस्तै राष्ट्रिय विभूतिका रूपमा आदिकवि भानुभक्त आचार्य बर्मेली नेपालीको मस्तिष्कमा सदैव रहून् भनी राजदूत बरालको अग्रसरतामा बर्मामा प्रत्येक वर्ष असार २९ का दिन ‘भानु जयन्ती’ मनाउने निर्णय गरियो । २०४० सालतिरको २९ असारमा बरालको पहलमा बर्मामा प्रथम पटक भानु जयन्तीको कार्यक्रम आयोजना गरिएको थियो । बर्माको राजधानी रङ्गुन (हाल याङ्गन), मिचिना, मेम्यो (हाल प्यिन ओ ल्विन) जस्ता बाक्लो नेपाली बस्ती भएका ठाउँहरूमा हालसम्म भानु जयन्ती मनाउने परम्पराले निरन्तरता पाइरहेको छ ।
बराल बर्मामा राजदूत छँदा बर्मेलीहरूले सधैँ उहाँसामु पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्थे । उनीहरूलाई नेपाल लैजान नसके पनि पशुपतिनाथलाई नै बर्मा ल्याउन बराल सङ्कल्पित हुनुभयो । तद्अनुरूप बरालको अग्रसरतामा नेपालका शिल्पकारहरूबाट आराध्यदेव श्री पशुपतिनाथको मूर्ति तयार गर्न लगाई बर्मा पुर्याइयो । २२ वैशाख २०४१ मा राजदूत बरालबाट बर्मास्थित तत्कालीन मेम्योमा भव्य समारोहबीच नेपाली वास्तुकलामा आधारित पशुपतिनाथको मन्दिर उद्घाटन गरियो । बर्मामा सो मन्दिर निर्माण गर्न बरालद्वारा नेपालबाट नेपाली शिल्पकारहरू झिकाइएका थिए । यसले गर्दा बर्माको पशुपतिनाथ मन्दिर र मूर्ति दुवैमा नेपाली मौलिकता झल्कियो । त्यो मन्दिरको अगाडि नन्दी (भगवान् शिवको वाहन) को मूर्तिसमेत स्थापना गरिएको छ भने मन्दिर परिसरमा ६४ लिङ्ग छन् ।
बर्माका नेपालीका लागि धार्मिक एकताको प्रतीक बनेको त्यो मन्दिरमा प्रत्येक वर्ष चैते दशैँमा बर्मा भरका नेपालीले तीन दिने मेला मनाउँछन् । साथै उनीहरुले महाशिवरात्री, तीजलगायत अन्य चाडपर्व समेत सोही मन्दिरमा मनाउँदै आएका छन् । यसका अतिरिक्त सामाजिक मेलमिलाप गर्ने र जातीय हितका विषयमा विचार विमर्श गर्ने महत्त्वपूर्ण थलोको रूपमा पनि सो मन्दिर परिचित बन्दै गएको छ । यसले बर्मालाई नेपालसँग आध्यात्मिक रूपमा पनि जोडेको छ ।
राजदूत बरालद्वारा स्थापित बर्माको मेम्योस्थित पशुपतिनाथ मन्दिरको परिसरमा अवस्थित ६४ शिव लिंग । (तस्वीर थमस केली)
बराल बर्मामा राजदूत छँदा बर्मेलीहरूले सधैँ उहाँसामु पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्थे । उनीहरूलाई नेपाल लैजान नसके पनि पशुपतिनाथलाई नै बर्मा ल्याउन बराल सङ्कल्पित हुनुभयो । तद्अनुरूप बरालको अग्रसरतामा नेपालका शिल्पकारहरूबाट आराध्यदेव श्री पशुपतिनाथको मूर्ति तयार गर्न लगाई बर्मा पुर्याइयो ।
बरालको राजदूत कार्यकाल नेपाली संस्कृतिको संरक्षण, संवद्र्धन र नेपालीको उत्थानमा मात्र सीमित नभएर खेलकुद विकासमा पनि देखिन्छ । उहाँका पिता बहादुरसिंह बराल हकीको कुशल खेलाडी हुनुहुन्थ्यो । पिताको प्रभावबाट उहाँले विद्यार्थी छँदै हकी सिक्नुभयो । कालन्तरमा हकी खेल उहाँको जीवनको सर्वाधिक महत्त्वको खेल बन्न पुग्यो । प्रहरी सेवामा छँदा बरालले पाकिस्तानबाट हकी प्रशिक्षकहरू झिकाई नेपालमा हकी खेललाई परिचित गराउनुभएको थियो ।
बर्मामा हकी खेलका बारेमा थाहा हुने बर्मेलीहरू अल्पमतमा पर्थे । राजदूत भएपछि बर्मा र नेपाललाई खेलकुदबाट पनि जोड्ने अभिप्रायले सन् १९८४÷८५ मा नेपालको राष्ट्रिय खेलकुद परिषद्बाट सय थान हकी स्टिक र सय थान बल मगाएर उहाँले बर्माका खेलकुद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । यसका साथै बर्माबाट ब्याडमिन्टन र टेनिस खेलाडीलाई नेपाल पठाएर नेपालबाट खेलाडीहरू बर्मा पठाउने काम भयो । यसरी बरालले नेपालमा मात्र नभएर बर्मामा पनि हकी परिचित गराउने जमर्काे गर्नुभयो ।
२०३६ सालको फागुन र चैतमा तत्कालीन राजा वीरेन्द्रको बर्मा भ्रमण भयो । भ्रमणले बर्मिज सरकारद्वारा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने अभियानमा सहयोग पुग्न गयो । बर्मा नेपालको शान्ति क्षेत्रको प्रस्ताव स्विकार्ने तेस्रो राष्ट्र बन्यो । सो भ्रमणमा स्वर्गीय राजा वीरेन्द्रबाट जेनरल ने विनलाई गौतम बुद्धको मूर्ति र लुम्बिनीको पवित्र माटो उपहार स्वरूप दिइयो । लुम्बिनीको पवित्र माटो र अष्टधातुबाट निर्मित गौतम बुद्धको उक्त मूर्ति राख्नलाई ‘महाविजया जेदी’ नामक पगोडा स्थापना गर्ने ने विनको सोच थियो । बर्माको सबैभन्दा ठूलो र चर्चित पगोडा स्ह्वेडागौँ पगोडा नजिकै महाविजया जेदी पगोडा स्थापना गर्न बराललाई उपयुक्त लाग्यो र उहाँले सोही स्थानमा पगोडा निर्माण गर्ने प्रस्ताव गर्नुभयो ।
वि.सं. २०३६ मा बर्मास्थित नेपाली दूतावासमा राजदूत बराल (बायाँ) स्वर्गीय राजा वीरेन्द्रका साथ ।
२०३६ सालको फागुन र चैतमा तत्कालीन राजा वीरेन्द्रको बर्मा भ्रमण भयो । भ्रमणले बर्मिज सरकारद्वारा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने अभियानमा सहयोग पुग्न गयो । बर्मा नेपालको शान्ति क्षेत्रको प्रस्ताव स्विकार्ने तेस्रो राष्ट्र बन्यो । सो भ्रमणमा स्वर्गीय राजा वीरेन्द्रबाट जेनरल ने विनलाई गौतम बुद्धको मूर्ति र लुम्बिनीको पवित्र माटो उपहार स्वरूप दिइयो ।
महाविजया जेदी पगोडामा नेपाली विशेषता झल्काउनका लागि त्यसको निर्माणमा नेपाली शिल्पकारको पनि सहभागिता हुनुपर्नेमा बरालले जोड दिनुभयो । तद्अनुरूप ललितपुरको बुङमतीबाट नेपाली कालीगढहरू झिकाई बर्माको तत्कालीन राजधानी रङ्गुन (हाल याङ्गन)मा दुई देशको संयुक्त सहभागितामा भव्य ‘महाविजया जेदी’ पगोडा निर्माण भयो । यसबाट दुई देशबीचको सम्बन्ध प्रगाढ बन्न मद्दत पुग्यो । राजदूत बरालको कार्यकालमा निर्मित ‘नेपाली फोया’ (नेपाली मन्दिर) भनेर चिनिने महाविजया जेदी पगोडाले बर्माको स्ह्वेडागौँ पगोडापछिको दोस्रो स्थान ओगटेको छ । यसबाट बर्माका नेपाली र बर्मेलीबीच सम्बन्ध थप मजबुत बनाउनसमेत सहयोग पुगेको छ ।
बुद्धको अष्टधातुको मूर्ति र लुम्बिनीको माटोका अतिरिक्त महाविजया जेदीमा नेपालको अरू पनि केही हुनुपर्ने राजदूत बरालको धारणा थियो । उहाँको विचारमा महाविजया जेदीमा बुद्धको जीवनी झल्किने काष्ठ प्यालेटहरू शोभनीय देखिन्थ्यो । तर प्रारम्भमा तत्कालीन दरबार र परराष्ट्र मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आएन । बरालको सतत प्रयासपछि ती प्यालेटहरू तयार गरी बर्मा पठाउन दरबार र परराष्ट्र मन्त्रालय सहमत भए । तद्अनुरूप उहाँको पहलमा नेपालमा बुद्धको जीवनी झल्किने काठका १६ प्यालेटहरू बनाई विसं २०४१÷४२ मा बर्मा पठाइए । यो पनि उहाँको सानो सफलता थिएन । हालको महाविजया जेदीका भित्री भित्ताहरू बुद्धको जीवनी झल्किने ती काष्ठ प्यालेटहरूले सुसज्जित छन् । यसमा तत्कालीन राजदूत बरालको अग्रणी भूमिका थियो भनेर पूर्व राजदूत धनन्जय झा बताउनुहुन्छ । बराल राजदूत छँदा झा बर्मास्थित नेपाली दूतावासमा सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
पहिला नेपाल र बर्माबीच सोझो हवाई सेवा थिएन । तत्कालीन शाही नेपाल वायुसेवा निगम (आरएनएसी) को विमान दैनिक काठमाडौँ –बैङ्कक उडान गथ्र्याे । राजदूत बरालको एक वर्षको अथक प्रयासपछि आरएनएसीको सो विमानलाई हप्तामा दुई दिन बर्माको राजधानी रङ्गुन (हाल याङ्गन) हुँदै आवत जावत गराउने व्यवस्था भयो ।
राजदूत बरालको कार्यकालमा बर्माको रंगुन (यांगन) स्थित नेपाली र बर्मेली शिल्पकारद्वारा निर्मित महाविजया जेदी पगोडा । (तस्वीर स्टेफन फुस्सान)
केही दशक अघिसम्म बर्माका नेपाली, बर्मेली तथा अन्य बौद्धधर्मीमध्ये अधिकांशको सोचमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा नभएर भारतमा पर्छ भन्ने मान्यता थियो । उनीहरू लुम्बिनी दर्शन गर्न आउँदा नेपालको प्रवेशाज्ञा (भिसा) नै लिँदैनथे । भारतीय दूतावासले दिएको भिसामा भारततिरबाट अवैध तरिकाले सीधै लुम्बिनी आउँथे र त्यही बाटो फर्कन्थे । उनीहरू भारतीय टुरिस्ट गाइडहरूले भारतबाटै ल्याएको खाना खान्थे र ‘बुद्ध वज बर्न इन इन्डिया’ भन्दै फर्कन्थे ।
त्यस्तै केही दशक अघिसम्म बर्माका नेपाली, बर्मेली तथा अन्य बौद्धधर्मीमध्ये अधिकांशको सोचमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा नभएर भारतमा पर्छ भन्ने मान्यता थियो । उनीहरू लुम्बिनी दर्शन गर्न आउँदा नेपालको प्रवेशाज्ञा (भिसा) नै लिँदैनथे । भारतीय दूतावासले दिएको भिसामा भारततिरबाट अवैध तरिकाले सीधै लुम्बिनी आउँथे र त्यही बाटो फर्कन्थे । उनीहरू भारतीय टुरिस्ट गाइडहरूले भारतबाटै ल्याएको खाना खान्थे र ‘बुद्ध वज बर्न इन इन्डिया’ भन्दै फर्कन्थे । कति तीर्थयात्रीलाई त नेपाल छुट्टै देश हो भन्नेसमेत थाहा हुँदैन थियो । यसरी प्रत्येक वर्ष करिब दुई हजार बर्मेलीहरू भारतीय भिसामा लुम्बिनी दर्शन गर्ने भएकाले नेपालले बुद्धको जन्मभूमिको रूपमा सही परिचय बनाउन सकेको थिएन । साथै नेपालको राजस्वमा समेत धक्का लागिरहेको थियो । बराल राजदूत हुनु अघिसम्मको स्थिति यो थियो । बरालकै अग्रसरता लुम्बिनी घुम्न जाने प्रत्येक बर्मेलीका लागि नेपाली भिसा लिन अनिवार्य गरियो । यसबाट नेपालले बुद्धको जन्मभूमिको परिचय बनायो भने यथेष्ट राजस्वसमेत आर्जन भयो । बल्ल बर्मेलीका मूखबाट ‘बुद्ध वज बर्न इन नेपाल’ सुनियो ।
तसर्थ बरालले नेपाल प्रहरीको आईजीपी भएर नेपालको मेरुदण्डका रूपमा रहेको सुरक्षा–व्यवस्था र बर्माका लागि राजदूत भएर नेपालीको आत्माका रूपमा रहेको धार्मिक–सांस्कृतिक क्षेत्रमा व्यापक सुधार गर्नुभएको देखिन्छ । आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई सदैव उच्च महत्त्व दिई उहाँले नेपाली संस्कृतिको संरक्षण र संवद्र्धनका साथै नेपालीको उत्थानमा क्रियाशील हुनुभएकाले आजसम्म खड्गजित बरालका कीर्तिगाथा देशदेशान्तरसम्म फैलिएको पाइन्छ ।
(यो लेख खड्गजीत बरालसँग भएको कुराकानी र नेपाल सरकारको परराष्ट्र मन्त्रालय मातहतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा २०७६ सालमा प्रकाशित ‘नेपालको कूटनीतिक अभ्यास राजदूतहरूको अनुभव’ पुस्तकको आधारमा तयार गरिएको हो ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार