शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलम्पियन नयना दम्पतिलाई कोरोना

मङ्गलबार, ३० भदौ २०७७, २३ : ३२
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् । शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्  ।

पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताएकी छिन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पिसिआर परीक्षण गराएको शाक्यले बताइन् । 

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् । तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन् । सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छिन् । शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप