शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सशस्त्र समूहले गोली चलायो, प्राध्यापकसहित ३ जनाको मृत्यु

मङ्गलबार, ३० भदौ २०७७, २२ : ५५
मङ्गलबार, ३० भदौ २०७७

एजेन्सी । अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित ३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।  नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी हत्या गरेको स्थानीय सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । साहित्य संकायका अध्यापनरत प्राध्यापकमाथि कर्तव्यपालनाका शिलशिलामा विश्वविद्यालयतर्फ जाँदै गर्दा आक्रमण भएको थियो । 

त्यस्तै छिमेकी लोगर प्रान्तमा बाराकी बाराक जिल्लाका जिल्ला प्रमुखका भाइ र एक सुरक्षा गार्डको सोमबार राति गोली हानी हत्या भएको थियो । आक्रमणकारीहरूले जिल्ला प्रमुखलाई मार्न खोजेका थिए तर हमलाको समयमा उनी घरमा नभएका कारण भाइमाथि हमला गरेको हुनसक्ने बताइएको छ । 

कतारको दोहामा सरकारसँग शान्ति वार्ता भइरहेका समय उच्च पदाधिकारीलाई लक्षित गरी आक्रमण भएको छ । तालिवानी समूहले विगतका वर्षहरूमा नागरिक र सैनिक अधिकारीविरुद्ध अनेकौँ लक्षित आक्रमणहरू गर्नेगरेका थिए ।   यसअघि सोमबार नै पश्चिमी बग्गिस प्रान्तमा तालिवान आक्रमणमा एक पूर्व अफगान सिनेट, उनका पाँच सुरक्षा गार्ड र एक स्थानीय वृद्ध मारिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप