बङ्गलादेशमा एकैदिन १ हजार ७ सय कोरोना सङ्क्रमित थपिए, ४३ जनाको मृत्यु

एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार बङ्गलादेशमा मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ ।
सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ । निर्देशनालयका अनुसार देशभर कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ ।
बङगलादेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने सङ्क्रमितमध्ये १.४१ प्रतिशत विरामीको मृत्यु भएको छ । बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते क्रिकेटर सिद्धान्तको उपचारमा क्यानले उपलब्ध गरायो ५ लाख आर्थिक सहयोग
-
कर्णालीमा मन्त्रालय पुनर्संरचनाः मन्त्रीले काम गर्न नसकेपछि छानियो विज्ञ
-
आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरूलाई निर्देशन
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
-
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
-
यस्तो छ ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’