बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बङ्गलादेशमा एकैदिन १ हजार ७ सय कोरोना सङ्क्रमित थपिए, ४३ जनाको मृत्यु

मङ्गलबार, ३० भदौ २०७७, २२ : ४९
मङ्गलबार, ३० भदौ २०७७

एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार  बङ्गलादेशमा मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ । 

सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ ।  निर्देशनालयका अनुसार देशभर कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ । 

बङगलादेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने सङ्क्रमितमध्ये १.४१ प्रतिशत विरामीको मृत्यु भएको छ ।  बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप