शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका–बेलायतको सपना देखाएर लाखौं ठग्ने ‘नटवरलाल’

०५७ देखि हिरासतको यात्रामा तर, ठग्न छाडेनन्
मङ्गलबार, ३० भदौ २०७७, २२ : २३
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा एकजना लामो कपाल पालेका थुुनुवा छन् । उनि हुन् ‘अनुपकुमार सिंह उर्फ मनोज ।’ उनी कहलिएका ठग हुन । प्रहरी हिरासतमा बस्ने र निस्कने उनको यात्रा ०५७ देखी नै शुरु भएको थियो । त्यसैले, अनुसन्धान अधिकृतहरुले उनलाई चिन्ने नाम हो–‘नटवरलाल ।’ 

काठमाडौं उपत्यकामा ठगी धन्दामा  सक्रियहरुको बीचमा उनी ‘पुरानो मान्छे’ मध्येको सूचीमा पर्छन् । असन घर भएका उनी ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बस्छन् ।  भदौ २६ मा उनलाई प्रहरीले गैह्रिधारास्थित होटल स्वर्णिम अगाडिबाट पक्रियो । ‘बेलायत र अमेरिका पठाइदिन्छु’ भन्दै ठगेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
अनुपकुमारले मनोज अधिकारीलाई ‘वैदेशिक रोजगार मा बेलायत पठाउने’ सपना देखाएर साढे १६ लाख लिए । तर, पठाउन नसकेपछि चेक दिए । सो चेक बाउन्स भएको छ । अर्का, रामकृष्ण खत्रीलाई अमेरिका सपना देखाएर ६ लाख ठगेका छन् । 

उनको ठग्ने शैली अचम्मको छ । परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको लेटरप्याड र छाप बनाउने, अनि आफैं बेलायत–अमेरिकाबाट ‘कन्फर्मेशन’ आएको पत्र दिने । मन्त्रालयको पत्र देखेपछि पीडितले नपत्याउन् पनि कसरी ? तर, पैसा गुमेपछि मात्र उनिहरुले आफु ठगिएको थाहा पाए । 

‘सरकारी लेटरप्याडमा कन्फर्मेशन लिखत आफैंले तयार गरेको हुनाले हामीले लिखत सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले भने– ‘चेक बाउन्स र सरकारी छाप दस्तखत किर्तेमा पनि मुद्धा चलाउँछौ ।’

ईनारमा हतियार फाले

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा सुराक आयो–‘ललितपुरको एउटा घरमा ठुलो परिमाणमा पुरातात्विक महत्वका सामान र हतियार छ ।’ ०६८ तिर सिआइबीको टोली सो घरमा पुग्यो । त्यो घरमा भेटिए– अनुपकुमार सिंह उर्फ मनोज ।  सादा पोशाकका प्रहरीले घर घेरेको थापा पाउनासाथ उनले एउटा हतियार ईनारमा फाले । सो हतियारको ईजाजत पत्र थिएन् ।

ब्यूरोको टोलीले उनको घरमा ईजाजतपत्र भएको हतियार र पुरातात्विक महत्वको सामान मात्र फेला पारेन् बहुमूल्य जंगली जनावरको ओखेटोपहार पनि भेट्टायो ।  ‘पानी सुकाएर ईनारमा फालेको अवैध हतियारसहित उनलाई पक्रेका थियौं’ त्यतिवेला अप्रेशनमा सहभागी केन्द्रीय अनुसन्धान ब्युरोका एक प्रहरी अधिकृतले भने–‘अवैध हतियार र वन्यजन्तु तस्करीको मुद्धा चलाएका थियौं ।’

लामो हिरासत यात्रा
अनुपकुमार उमेरले ४६ पुगे । उनले ०५७ साउन २८ देखी प्रहरी हिरासतको यात्रा शुरु गरेका हुन् । त्यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई सार्वजनिक अपराध मुद्धामा पक्रेको थियो । करिब २० वर्षपछि पनि उनी सो हिरासतमा रात काटिरहेका छन् । 

०६४ वैशाख २८ मा उनलाई काठमाडौं प्रहरीले नै सार्वजनिक अपराध मुद्धा चलाएको थियो । अर्कोपटक ०६९ भदौ १२ मा ठगी मुद्धामा पक्राउ परेका अनुप असोज ११ मा पुर्पक्षको लागी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनिए । तर, उनले आफ्ना धन्दा छाडेनन् । ०७० असोज १३ मा उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्रियो । ०७३ मंसिर ९ मा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई फेरि ठगी आरोपमा पक्रेर मुद्धा चलाएको थियो । 

यसपटकचाहि उनी विरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । परराष्ट्र मन्त्रालयको लेटरप्याड र छाप लगाएर उनले वैदेशिक रोजगारीका लागि बेलायत–अमेरिकामा जान भन्द्यै विभिन्न पदमा छनोट भएको पत्र दिएका थिए । सो पत्रको आधारमा मन्त्रालयले ‘अनुपकुमारलाई पक्रेर अनुसन्धान गर्न’ भन्दै पत्र लेखेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप