नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ भर्नाका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । नेपाल प्रहरीको परीक्षा प्रक्रियामा गइसकेकाहरुको भर्ना र नयाँ भर्ना खोल्न बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतले रातोपाटीलाई जानकारी दिए । गत चैत अगाडि लिखितको नतिजा निस्किएका जवानहरुको अन्तरवार्ता लिन बाँकी रहेको उनले बताए ।
उनले भने– ‘लकडाउन जारी भएपछि परीक्षामा उर्तिण जवानहरुको अन्तरवार्ता लिने काम रोकिएको छ । इन्सपेक्टरको परीक्षाका लागि पनि फर्म भरेका छन् । उनीहरुको पनि कसैको जाँच भयो कसैको बाँकी छ । इन्सपेक्टरको परीक्षा सुरु मात्र गरेको थियो, लकडाउन भइहाल्यो । सिपाहीको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिन बाँकी थियो ।’
प्रहरीमा वार्षिक रुपमा नियमित खोल्नुपर्ने भर्नाको कार्यक्रम पनि बाँकी रहेको छ । प्रत्येक बर्ष कोटाका आधारमा सिपाई, असई, इन्सपेक्टरको भर्ना खोल्न बाँकी रहेको प्रवक्ता कठायतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल