शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालीमाटी बजारमा विभागको अनुगमन, तरकारीमा कालोबजारीको आशंका

मङ्गलबार, ३० भदौ २०७७, १९ : २६
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । कृतिम रुपमा तरकारीको अभाव देखाएर कालोबजारी गरेको आशंकामा वाणिज्य विभागले कालीमाटी तरकारी बजारको अनुगमन गरेको छ । आलु, प्याज लगायतका वस्तुहरुको बजारमूल्य अस्वाभाविक रुपमा आकाशिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सो क्षेत्रका थोक पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले ६ वटा तरकारी पसलहरुलाई बिलबिजकसहित ३ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिएको छ ।

त्यसरी हाजिर हुन निर्देशन दिएका कालीमाटी भित्रको पसल नम्बर ५१५, ५२४, ५१६, ५३५, आरके ट्रेडर्स, आदिशक्ति ट्रेडर्स रहेका छन् । 
कालोबजारी ऐनले लागत मूल्यमा २० प्रतिशत भन्दा बढी नाफा राखेर बिक्री गर्न नपाइने र त्यसो गरिए कालोबजारी गरेको ठहरिने व्यवस्था गरेको छ । त्यस्तै, वस्तुको कृतिम अभाव सिर्जना गराएर मूल्यवृद्धि गर्नु पनि कालोबजारी रहेको ऐनले उल्लेख गरेको छ । 

भारतले प्याजको निर्यात रोकेपछि यतिबेला बजारमा प्याजको अभाव र मूल्यवृद्धि सुरु भएको छ । प्याज मात्रै नभएर सबैजसो तरकारीको मूल्य समेत यतिबेला बढ्दै गएको छ । बर्खे तरकारी आउन छाडेको र हिँउदे तरकारीको सिजन समेत भइनसकेको यो अवस्थामा बजारमा मूल्यवृद्धि हुने गरे पनि यसमा कालोबजारी समेत भएको हुनसक्ने विभागले आशंका गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप