बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त

मङ्गलबार, ३० भदौ २०७७, १९ : ०४
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौँ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले मन्त्री सरहको सेवा सुविधा पाउने गरी खतिवडालाईप्रधानमन्त्रीको आर्थिक विशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए  । 

राष्ट्रियसभाको समयावधी सकिएपछि खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप