असोज ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्ने सरकारको निर्णय
मङ्गलबार, ३० भदौ २०७७, १८ : ५५

काठमाडौं । सरकारले आगामी असोज ३० गतेसम्म भारततर्फका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको सन्र्दभमा भारतसँगको नाकाबाट प्रवेशमा कडाई गर्ने तर अत्यावश्यक अवस्थामा १० वटा प्रमुख नाकाबाट प्रवेश दिने निर्णय भएको छ । यस्तै भारतबाट थप २ नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाबाट प्रवेश दिने निर्णय भएको हो । यस्तै चीनको रसुवागढीबाट नाकाबाट प्रवेश खुला गर्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन