आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको उनले बताए । हवाई उडानको भाडादर तय गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। यस्तै नागरिक उडड्न प्राधिकरणलाई अनुगमको जिम्मेवारी दिइएको छ ।
विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकीले बिर्सन नसकेका भूकम्प
-
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान
-
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री
-
महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी