आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको उनले बताए । हवाई उडानको भाडादर तय गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई जिम्मेवारी दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। यस्तै नागरिक उडड्न प्राधिकरणलाई अनुगमको जिम्मेवारी दिइएको छ ।
विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण