प्राधिकरणबाट कुलमान बाहिरिँदा जे देखियो (फोटोफिचर)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ बर्षे कार्यकाल सकिएपछि कार्यालयका कर्मचारीले बिदाई गरेका छन् । २०७३ भदौं ३१ गतेदेखि प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङको आजको दिनदेखि कार्यकाल सकिएको हो । कार्यकारी निर्देशक पदमा ४ वर्ष बिताएका घिसिङले प्राधिकरणमा २६ वर्ष सेवा गरेर अवकाश पाएका हुन् ।
कोरोना भाइसर संक्रमणको त्रासकाबीच प्राधिकरणको हलमा गरिएको विदाई कार्यक्रममा सिमित संख्यामा कर्मचारी र मिडिया प्रतिनिधिलाई बोलाइएको थियो । विदाई समारोहमा कर्मचारीहरुले कुलमान घिसिङ आउनुपूर्वको प्राधिकरणको अवस्था र हालसम्मको अवस्थाका बारेमा तुलना गरेका थिए । उपकार्यकारी निर्देशकहरुले घिसिङलाई माला खादा लगाउनुका साथै बुद्धको मुर्ति दिएका थिए । अन्य कर्मचारीहरुले फुल उपहार दिँदै विदाई गरेका थिए ।
विदाई समारोहमा बोल्दै घिसिङले सरकारका साथै प्राधिकरणका प्रत्येक कर्मचारीको सहयोगका कारण प्राधिकरणले सफलता प्राप्त गरेको बताए । उनले आफ्नो कार्यकालमा हासिल गरेका फेहरिस्त वाचन गरेर सुनाएका थिए । विदाई समारोहमा प्राधिकरणका कर्मचारीले फेरि अर्को कार्यकालका लागि पनि घिसिङको पुन नियुक्तिको कामना गरेका थिए ।
तस्विरमा हेर्नुहोस घिसिङको विदाई :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर