केन्द्रीय संस्करण

कामना सेवा र क्वेस्ट इन्टरनेशनल कलेज बीच दक्ष जनशक्ति निर्माण सहकार्य गर्ने सहमति

person explore access_timeभदौ ३०, २०७७ chat_bubble_outline0

काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट  इन्टरनेशनल कलेज बीच बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र क्वेस्ट कलेजका प्रिन्सिपल उदय राज पौडेलले समझदारी पत्रमा हस्ताक्षर गरे । 

२०६४ साल देखि आफ्नो वित्तीय कारोबार शुरु गरेको यस बैंकले देशका विभिन्न स्थानमा १२४ वटा शाखातथा केन्द्रीय कार्यालय मार्फत नौं सय बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । 

साथै, क्वेस्ट इन्टरनेशनल कलेज सन् २००९मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन तर्फ बीबीए, बीएचएम र एमबीएका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हाल यस कलेजमा सात सय बढी विद्यार्थी अध्यनरत छन् ।

कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्य क्षमता, दक्षता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने अवसर प्रदान गर्ने क्रममा क्वेस्ट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत उक्त लक्ष्यमा योगदान पुराउने र कामना सेवा बैंकले क्वेस्ट कलेजका विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गर्ने समझदारी पत्रको प्रमुख उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यो समझदारीमार्फत बैंकका कर्मचारीले क्वेस्ट कलेजको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको कलेजका प्रिन्सिपल उदय राज पौडेलले बताए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.