शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा देशभर १ हजार ४५९ संक्रमित थपिए

मङ्गलबार, ३० भदौ २०७७, १६ : २२
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको छ ।  

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । 

यसैबीच आज कोरोनाबाट थप ११ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३७१ पुगेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप