बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा चट्याङ लागेर एकको  मृत्यु

मङ्गलबार, ३० भदौ २०७७, १५ : ४८
मङ्गलबार, ३० भदौ २०७७

बारा । बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको  छ ।  मंगलवार बिहान जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेका  वर्ष ४२ को धर्म प्रसाद रायक चौधरीको चटयाङ लागेर ज्यान गएको हो  ।

चौधरीको डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । घटनामा वर्ष २७ वर्षीय तेतर माझी समेत सामान्य घाइते भएका छन् । 

यसैबीच बारामा २ किलोग्राम लागूऔषध अफिमसहित  एक  वृद्धलाई सशस्त्र प्रहरीले  पक्राउ परेका छन् । पक्राउ पर्नेमा  पचरौता नगरपालिका–६ पकडीया बस्ने  बर्ष ६० का सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर प्रमुख एसपी रविनराज कर्णजितले बताए । उनी भारतीय सीमानासँग जोडिएको ईनर्वास्थित दशगाजा क्षेत्रबाट पक्राउ गरेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप