बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

चीनमा बनेको खोप सर्वसाधारणका लागि नोभेम्बरसम्ममा तयार हुने : चाइना सीडीसी

मङ्गलबार, ३० भदौ २०७७, १४ : ४४
मङ्गलबार, ३० भदौ २०७७

चीनमा विकास भइरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप आगामी नोभेम्बर महिनासम्म सर्वसाधारणका लागि तयार हुन सक्ने चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । 

चीनका चारवटा कोभिड–१९ का खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेका छन् । तीमध्ये कम्तिमा एउटा खोपलाई गत जलाईमा शुरु गरिएको आपत्कालिन प्रयोग कार्यक्रम अन्तरगत अत्यावश्यक कामदारलाई दिइसकिएको छ ।

तेस्रो चरणको क्लिनिकल परीक्षण सहजरुपमा अघि बढिरहेको र सर्वसाधारणका लागि नोभेम्बर वा डिसेम्बर महिनामा तयार हुने सीडीसीका बायोसेफ्टी विज्ञ गुईझेन वूले सोमबार राज्यद्वारा सञ्चालित टीभीमा दिइएको अन्तरवार्तामा जानकारी दिइन् । गत अप्रिलमा आफूले पनि खोप लिएको र हालसम्म कुनै असामान्य लक्षण नदेखिएको उनले बताइन् । यद्यपि, आफूले कुन खोप लिएको भन्ने चाहिँ खुलाइनन् । 

हाल चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सीनोफार्म), सिनोभ्याक बायोटेकले तीनवटा खोप तयार गरिरहेको छ भने क्यानसाइनो बायोलोजिक्सको चौथो खोपलाई चिनियाँ सेनालाई प्रयोग गर्नका लागि अनुमति दिइएको थियो ।

सिनोफार्मले गत जुलाईमा आफ्नो खोप सर्वसाधारणको प्रयोगका लागि यो वर्षको अन्त्यसम्मका तयार हुने बताएको थियो ।

हालसम्म ९ लाख २५ हजारको ज्यान लिइसकेको कोभिड–१९ विरुद्ध खोप तयार गर्न विश्वभरका औषधी निर्माता कम्पनीहरु लागिपरेका छन् ।

स्रोत : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप