शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङ सेटमा अभिनेताको मृत्यु

मङ्गलबार, ३० भदौ २०७७, १३ : ४३
मङ्गलबार, ३० भदौ २०७७

मलयालम अभिनेता तथा डबिङ कलाकार प्रबिश चक्कललक्कलको केरलको कोच्चिमा एक फिल्मको सेटमा मृत्यु भएको छ । ४४ वर्षीय प्रबिश कथित रुपमा युट्युब च्यानल कोचिन कलेजका लागि सुटिङ गरिरहेका थिए, त्यति नै बेला उनी अचानक सेटमा लडे र उनको मृत्यु भयो ।

उनका सहयोगीले उनको मृत्युबारे पुष्टि गर्दै भने, ‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।‘अभिनेताले सेटमा आफ्नो काम पूरा गरे, ग्रुपसँग एक तस्बिर खिचे र त्यसपछि उनी भुइँमा लडे ।’

जानकारीका अनुसार प्रबिश सेटमा लड्दा एक भिडियोग्राफरसँग पानी मागे । उनलाई तुरुन्त पानी दिइयो । यसैबीच उनको खल्तीमा कारको चाबी भेटियो जसा उनलाई अस्पताल पुर्याइयो । अस्पतालले उनलाई तत्काल मृत घोषित गरिदियो ।

प्रबिशले थुप्रै टेलि श्रृङ्खलामा काम गरेका छन् । डबिङ आर्टिस्टको रुपमा उनले थुप्रै चर्चित मलयालम फिल्ममा काम गरेका छन् । जसमा एब्रिड शाइनको ‘द कुंग फू मास्टर’ समावेश छ । प्रबिशका पिता, श्रीमती र छोरी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप