बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको लक्षण नदेखिए कोरोना परीक्षण नहुने

मङ्गलबार, ३० भदौ २०७७, १३ : २०
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नदेखिएमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको कोरोना परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय मातहतको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले कोरोनाभाइरस परीक्षणको सम्वन्धमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रालयले लक्षण देखिएका व्यक्तिहरूको मात्रै कोरोना परीक्षण गर्ने भएको छ ।

उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसरफाई कर्मचारीहरूमा लक्षण देखिए र सुरक्षा सामग्री सहि तरिकाले नलगाएको खण्डमा पीसीआर परीक्षण गर्ने भएको छ । रोग प्रतिरोधी क्षमतामा समस्या भएका व्यक्तिलाई पीसीआर परीक्षण गर्ने गरेको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप