संक्रमित फेला परेपछि म्यानमारको सीमामा रहेको चिनियाँ सहरमा लकडाउन
दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएपछि चीनले म्यानमारको सीमामा रहेको एक सहर लकडाउन गरेको छ । अधिकारीहरुले युनान प्रान्तको रुइली सहरमा ब्यापक परीक्षणको कार्यक्रम आयोजना गरिने बताएका छन् । यो सहर म्यान्मारसँगको जमिनी सीमाको महत्त्वपूर्ण विन्दु हो ।
मंगलबार एक वक्तव्य जारी गर्दै सहरका अधिकारीहरुले त्यहाँका वासिन्दालाई घरमा नै बस्न आग्रह गरेका छन् भने सोमबार साँझबाट नै मानिसहरुलाई सहरभित्र आउन र बाहिर जान प्रतिबन्ध गरिएको छ ।
अधिकारीहरुका अनुसार रुइलीका हरेक बासिन्दाको कोरोना परीक्षण गरिनेछ । त्यहाँ करिब २ लाख १० हजारको जनसंख्या रहेको छ ।
सुपरमार्केट, औषधी पसल र तरकारी बजारबाहेक सबै व्यवसाय बन्द गरिएको छ ।
म्यानमारबाट कोरोनाभाइरसको संक्रमण फैलिएको बताउँदै अधिकारीहरुले गैरकानुनीरुपमा बसेका आप्रवासीमाथि कडा कदम चालिने बताएको छ । संक्रमितमध्ये ३२ वर्षीया महिला र १६ वर्षीया किशोरी रहेको ग्लोबल टाइम्सले जनाएको छ ।
गत सेप्टेम्बर १२ यता सहरको यात्रा गरेका अन्यलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरिएको छ ।
चीनमा हाल कोरोनाभाइरसको संक्रमणको अवस्था नियन्त्रणमा रहेको छ । मंगलबार थप सात जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती सबै विदेशबाट आएकाहरुमा देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता