मेस्सी सर्वाधिक कमाइ गर्ने फुटबल खेलाडी, रोनाल्डो दोस्रो
फोर्ब्स पत्रिकाको सूचीमा बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका छन् । फोर्ब्सका अनुसार मेस्सीको वार्षिक आम्दानी १२.६ करोड डलर रहेको छ ।
दोस्रो स्थानमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनको आम्दानी ११.७ करोड डलर रहेको छ । तेस्रो स्थान र चौथो स्थानमा क्रमशः पीएसजीका नेयमार र किलियान एम्बाप्पे रहेका छन् ।
प्रिमियर लिगका तीनजना खेलाडी मोहमद शलाह, पाउल पोग्वा र डेभिड डि गेया शीर्ष १० मा पर्न सफल भएका छन् । त्यस्तै, वेल्सका फरवार्ड गेराथ बेल पनि शीर्ष १० मा समावेश छन् ।
सन् २०१९–२० सिजनमा निकै खराब प्रदर्शन गरेका बेल २.९ करोड डलर आम्दानीसहित आठौँ स्थानमा रहेका छन् । उनले रियलको अन्तिम १४ खेलमध्ये २ वटामा मात्र सहभागी भए ।
शलाह पाँचौँ, पोग्बा छैटौँ र डि गेया १० औँ स्थानमा रहेका छन् ।
बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजमान सातौँ र बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन