शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र प्रविधिकलाई नन्दिताको सहयोग

मङ्गलबार, ३० भदौ २०७७, ११ : ११
मङ्गलबार, ३० भदौ २०७७

काठमाडौं । अभिनेत्री नन्दिता केसीले तीस जना चलचित्र प्राविधिकलाई राहत सहयोग उपलब्ध गराएकी छन् । हाल अमेरिकामा रहेकी केसीले विभिन्न व्यक्तिको सहयोगमा उक्त राहत उपलब्ध गराएकी हुन् । 
केसीले उपलब्ध गराएको राहतमा ग्यास किन्ने पन्ध्र सय रकम सहित चामल एक बोरा, तेल (२ लिटर), दाल (दुई किलो), चिउरा (दुई किलो), र साबुन (६ वटा)लगायत रहेको छ ।

अभिनेत्री नन्दिताको सहयोग नेपाल चलचित्र प्रबिधिक संघका उपाध्यक्ष बिनोद लामा पाख्रिन मार्फत बितरण गरिएको प्राविधिक संघका उपाध्यक्ष बिनोद लामा पाख्रिनले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् । 
प्राविधिकसँगै नायिका केसीले मोटसाइकल दुर्घटनामा परेका कलाकार सन्नी रसाईलीलाई समेत पन्ध्र हजार नगद सहयोग गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप