बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धानको बाला झुल्यो खेतैमा... (तस्बिरहरु)

मङ्गलबार, ३० भदौ २०७७, १० : ०३
मङ्गलबार, ३० भदौ २०७७

भक्तपुर । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा मुख्य अन्नवालीको रुपमा धान बाली रहेको छ । यो वर्ष समय–समयमा पानी परेकाले पनि धान उत्पादन राम्रो हुने किसानहरुको अनुमान छ । यो वर्ष दशैं भन्दा अगाडिनै भक्तपुरका किसान घरमा धान भित्र्याउने तयारीमा छन् । 

यसो त पछिल्लो वर्षहरुमा तीव्र गतिमा विस्तार भइरहेको बस्तीका कारण खेतीयोग्य जमिन मासिँदै समेत गएको छ । यसको उदाहरणका रुपमा सूर्यविनायक र चाँगुनारायण नगरपालिका फाँटहरुलाई लिन सकिन्छ ।  पुराना शहर रहेका मध्यपुर थिमि र भक्तपुरमा नगरपालिमा पनि खेतीयोग्य जमिन लगभग सकिन लागेको छ । यस्तै चाँगुनारायणको दुवाकोट, झौखेल, खरिपाटी, बागेश्वरी, सुडालको तल्लो भाग र ताथलीमा समेत बस्ती विस्तारको असर परिसकेको छ । 

मध्यपुरको मनोहरा फाँट, साँगबारी, नगरको कमलविनायक आसपास र हनुमन्ते किनारमा भने खेतीयोग्य जमिन प्रशस्त रहेको छ । 

खेतमा झुल्दै गरेका धानखेतका केही तस्बिरः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप