नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
सोमबार, २९ भदौ २०७७, २३ : २१

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोर खोलामा फेरि सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार सोमबार दिउँसो गएको पहिरो हटाएर एकतर्फी बाटो खुलाएलगत्तै राती १०ः ३० मा पुनः पहिरो गई सडक अवरुद्ध भएको हो । चितवनको इच्छा मनकामना गाउँपालिका ६ पाँचकिलो नजिक चोरखोलामा राती फेरि भारी वर्षात भएर पहिरो गएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भोलि उक्त अवरोध नहटुञ्जलेसम्म नारायणगढ मुग्लिङ सडक खण्ड प्रयोग नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै उक्त सडकखण्डमा रहेका सवारी साधनहरुले रातको समय र सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन समेत अनुरोध गरिएको छ ।