शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इटलीमा कोरोनाबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि विद्यालय सूचारु

सोमबार, २९ भदौ २०७७, २३ : ००
सोमबार, २९ भदौ २०७७

एजेन्सी । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा सात महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् । 

देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेलादेखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागू गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए । यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् । 

विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप