भोटो नदेखाइ रातो मच्छिन्द्रनाथको बुङ्गमती यात्रा, तस्विरमा हेर्नुहोस्
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । आज विहान साइतमा पूजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मच्छिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुङ्गमती लगिएको हो ।
गत वैशाखमै बुङ्गमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल बनेको थियो । कारोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मच्छिन्द्रनाथलाई बुङ्गमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन ।
कोरोना भाइरसले यस पटकको मच्छिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो । अन्यौलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्न खोज्दा झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्न खोजेपछि झडप भएको थियो । प्रशासनले त्यस क्षेत्रमा एक दिन कर्फ्यू आदेश समेत जारी गरेको थियो । अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए । सोही अनुसार आज बुंगमती लगिएको हो ।
विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चोथो दिनमा भोटो देखाएर मात्रै बुङ्गमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन । उपत्यकामा दिनदिनै बढिरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मच्छिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो ।
मच्छिन्द्रनाथलाई बुङ्गमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन । बुङ्गमतीबासीहरु रातो मच्छिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए । यसअघि साउन १० गते मच्छिन्द्रनाथलाई तबहालबाट पुल्चोक पु-याएर त्यहाँ रथारोहण गरिएको थियो । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे