बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सोमबार, २९ भदौ २०७७, १७ : ४६
सोमबार, २९ भदौ २०७७

झापा । झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।  मादक पदार्थ सेवन गरी उनले आज अपरान्ह ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । 

उनलाई तत्काल घटनास्थलबाटै प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप