शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकविको सम्झनामा रायमाझीले बनाए ‘उनको प्रीति’ को नयाँ भर्सन

सोमबार, २९ भदौ २०७७, १७ : २५
सोमबार, २९ भदौ २०७७

काठमाडौं । स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले बिसं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् ।

गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे-‘प्रेम गरिन्छ, कि हुन्छ ?’  संगीतमा तपाईले दिने लोकधुन मलाई विशेष लाग्छ भन्दै आफुलाई घिमिरेले यो गीत दिएको रायमाझीले सम्झिए ।

पहिले जगदिश समाल र सपनाश्रीको स्वरमा रेकर्ड भएको यो गीत अहिले भने नेपाल आइडलबाट उदाएका नवगायक प्रविन वेडवाल र रचना रिमालको स्वरमा रेकर्ड गरिएको छ । गीतको भिडियो छायाँकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् भने संगीत संयोजन र मिक्सिङ क्रमशः बीबी अनुरागी र श्याम श्वेत रसाईलीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप