गौरव र मेनुकालाई ‘गाउँघरै रमाइलो’
सोमबार, २९ भदौ २०७७, १५ : ३४
काठमाडौं । अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधान अभिनित भिडियो ‘गाउँघरै रमाइलो’ सार्वजनिक गरिएको छ । भिडियोमा गौरव र मेनुका प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन् । साजन राईको स्वर रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने सन्देश दिन खोजेको छ ।
रमेश कार्कीको शब्द र गायक राईकै संगीत रहेको गीतमा सञ्जिव बराइलीको म्युजिक एरेन्ज छ । भिडियो किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंको छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान