बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा बेपत्ता वृद्धको शव फेला

सोमबार, २९ भदौ २०७७, १२ : २५
सोमबार, २९ भदौ २०७७

अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । 

बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि आज बिहान फेला परेको हो । मृतक पौडेल परिवारका पाँच  सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । 

स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो । पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप