दशैँसँगै गाउँगाउँ पुग्दै कोरोना
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमतिको संख्या तीव्र गतिमा बढिरहेकै बेला हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड दशैँ र तिहार पनि नजिकिएको छ । काठमाडौँ उपत्यका लगायत ठूला सहरमा कोरोना संक्रमितको संख्या पछिल्लो समय तीव्र गतिमा बढेको छ ।
चाडपर्व मनाउनका लागि सहरबाट गाउँघरमा फर्कनेको संख्या उल्लेख्य हुने भएकाले पनि दशैँ–तिहारको समयमा कोरोनाको संक्रमण सहरबजारबाट गाउँगाउँमा फैलन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
सरकारले चैत ११ गते कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गर्दा नेपालमा जम्मा ३ जना कोरोना संक्रमित भेटिएका थिए । १२० दिनसम्म लकडाउन गरे पनि सो अवधिमा भारतबाट नेपाल फर्किनेलाई क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने तथा संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सम्भावित संक्रमित पहिचान गर्ने विधिलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा देशका विभिन्न भागमा द्रुत गतिमा कोरोना संक्रमण फैलिएको विज्ञहरुको भनाइ छ ।
काठमाडौं उपत्यकाबाट वर्षेनि दशैँ, तिहार र छठ मनाउनका लागि लाखौंको संख्यामा मानिस गाउँगाउँ पुग्ने गर्छन् । कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकाबाट दशैँका लागि बाहिरिनेले कोरोनाभाइरस संक्रमण गाउँगाउँमा पु-याउन सक्ने जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।
तस्विर : अघिल्लो वर्षको दसैँमा घर जान टिकट काट्नको भिड
विगतमा भारतबाट घर फर्किएकाहरूबाट गाउँगाउँमा कोरोना संक्रमण पुग्यो । वीरगञ्ज, नेपालगञ्ज, राजविराज लगायत सीमावर्ती सहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दा काठमाडौँ उपत्यका संक्रमितको संख्या न्यून नै थियो । १२० दिनको लकडाउन खुकुलो भएसँगै रोजीरोटीका लागि कोरोना प्रभावित क्षेत्रबाट काठमाडौँ उपत्यकामा आउनेको संख्या बढ्दै जाँदा संक्रमितको संख्या पनि बढ्यो ।
काठमाडौं उपत्यका प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्ने, पीसीआर परीक्षण गर्ने र कन्ट्याक टे«सिङमार्फत सम्भावित संक्रमित पहिचान गर्ने काममा सरकारले चासो नदेखाएकै कारण उपत्यकामा संक्रमितको संख्या बढ्दै छ ।
काठमाडौं उपत्यकाबाट वर्षेनि दशैँ, तिहार र छठ मनाउनका लागि लाखौंको संख्यामा मानिस गाउँगाउँ पुग्ने गर्छन् । कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकाबाट दशैँका लागि बाहिरिनेले कोरोनाभाइरस संक्रमण गाउँगाउँमा पु-याउन सक्ने जनस्वास्थ्यविद् बाबुराम मरासिनी बताउँछन् ।
चाडपर्वका लागि गाउँगाउँ फर्किनेलाई राज्यले समयमै योजना बनाएर व्यवस्थापन नगरेमा कोरोना संक्रमणबाट गाउँ पनि अछुतो नहुने उनी ठान्छन् । भारतबाट नेपाल प्रवेश गर्नेलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा वर्तमान समयमा काठमाडौं उपत्यका लगायत देशका ठूला शहरहरू उच्च जोखिममा परेझैँ भोलि काठमाडौंबाट दशैँ मनाउन गाउँ जानेलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा अर्को चुनौती थपिन सक्ने उनको भनाइ छ ।
चाडपर्वका नाममा उपत्यका छाड्ने जनताका लागि समयमै पीसीआर परीक्षण र क्वारेन्टिनको व्यवस्थापन हुनुपर्ने उनले बताए । व्यवसाय र रोजगारी गुमेको बेला जनतालाई गाउँ नजाऊ भन्दैमा मान्ने स्थिति नहुने प्रष्ट पार्दै उनले परीक्षण र क्वारेन्टिनलाई अनिवार्य बनाएर घरसम्म पुग्ने वातावरण राज्यले मिलाइदिनुपर्ने औंल्याए ।
‘भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने, उपत्यकाबाट बाहिरिनेलाई सर्वसुलभ शुल्कमा पीसीआर गर्ने वातावरण नमिलाए गाउँ र शहरले धान्न नसक्ने संक्रमित भेटिन्छन्,’ उनले भने ।
आर्थिक समस्याका कारण जटिल अवस्थामा पुगेका जनता पैदल हिँडेर भए पनि राजधानीबाट बाहिरिने अवस्थालाई विगतको लकडाउनबाट पनि बुझ्न सकिने स्पष्ट पार्दै उनले सम्भावित परिस्थितिलाई मध्यनजर गर्दै राज्यका तर्फबाट समयमै कदम चाल्नु बुद्धिमानी हुने बताए ।
चाडपर्वका नाममा शहरका मानिस गाउँ र गाउँका केही मानिस शहर आउँदा दुवैतिर संक्रमणको जोखिम बढ्ने उनको भनाइ छ । ‘भारतीय सीमा नाका र उपत्यकाबाट गाउँ प्रवेश गर्नेलाई व्यवथापन गर्ने नीति ल्याउनु पर्छ,’ उनले भने । सरकारले पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ बनाए पनि अन्य देशको तुलना महँगो रहेको उनको भनाइ छ ।
पीसीआर परीक्षण सामान्य जनताको पहुँचमा हुने व्यवस्था मिलाउनु पर्ने डा. मरासिनी बताउँछन् । यसका लागि परीक्षण शुल्क अझै सस्तो बनाउन आवश्यक भएको उनी ठान्छन् ।
‘भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने, उपत्यकाबाट बाहिरिनेलाई सर्वसुलभ शुल्कमा पीसीआर गर्ने वातावरण नमिलाए गाउँ र शहरले धान्न नसक्ने संक्रमित भेटिन्छन्,’ उनले भने ।
अन्तरप्रदेश प्रवेश गर्नुभन्दा अगाडि पीसीआर र क्वारेन्टिनको व्यवस्था मिलाउन मात्रै सकेमा एक महिनाको आवधिमा संक्रमित दर घट्ने उनको दावी छ ।
चाडपर्वमा गाउँ फर्किन चाहनेलाई राज्यले सुरक्षात्मक तरिकाले घर पुग्ने वातावरण मिलाउनुपर्ने जनस्वास्थ्यविद् रविन्द्र पाण्डेको धारणा छ । कोरोना संक्रमणको हटस्पट बनेको उपत्यकाबाट गाउँमा पुग्ने मानिसमार्फत गाउँमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गरेर क्वारेन्टिन र पीसीआर परीक्षणको व्यवस्था मिलाउनु पर्ने उनले बताए ।
स्थानीय तहमा पुग्ने सबैलाई परीक्षणको दायरामा ल्याउन सक्ने अवस्था नआएमा लक्षण देखिएकालाई पीसीआर गर्ने र लक्षणविहीनलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनुपर्ने डा. पाण्डे बताउँछन् । काठमाडौँमा रोजगार तथा व्यवसाय चौपट भएर बस्न बाध्य मानिसलाई गाउँमै गएर खेतीकिसानी गर्ने वातावरणसमेत वर्तमान अवस्थाले सिर्जना भएको उनी बताउँछन् ।
‘अस्थिर मनोविज्ञानका कारण राजधानीमा ३ जना कोरोना संक्रमित भेटिँँदा पनि लकडाउन गरियो,’ उनले भने, ‘अत्तालिएर मानिसहरु पैदल हिँँडेर गाउँमा पुगे । भारतबाट आउनेको संख्या बढ्न थालेपछि देशका मुख्य शहरमा रोजीरोटीका लागि गाउँबाट धेरै मानिस छिरे । त्यसपछि राजधानी काठमाडौं लगायतका शहरमा संक्रमितको संख्या तीव्र रुपमा बढ्न थाल्यो ।’
महामारी फैलिएको बेलामा सुरक्षित ठाउँमा गएर बस्नु मानिसको स्वभाव भएकाले चाडपर्व नजिकिसँगै गाउँ जानेको संख्या झन् बढ्ने उनी ठान्छन् । त्यसैले शहरबाट गाउँसम्म कोरोनाको जोखिम बढ्ने भएकाले संघीय सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराएर हिमाल, पहाड र तराईसम्म जनतालाई पु¥याउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।
गाउँगाउँमा पुगेपछि क्वारेन्टिन र पीसीआरको व्यवस्था स्थानीय र प्रादेशिक सरकारले गर्नुपर्ने उनले बताए । ‘अस्थिर मनोविज्ञानका कारण राजधानीमा ३ जना कोरोना संक्रमित भेटिँँदा पनि लकडाउन गरियो,’ उनले भने, ‘अत्तालिएर मानिसहरु पैदल हिँँडेर गाउँमा पुगे । भारतबाट आउनेको संख्या बढ्न थालेपछि देशका मुख्य शहरमा रोजीरोटीका लागि गाउँबाट धेरै मानिस छिरे । त्यसपछि राजधानी काठमाडौं लगायतका शहरमा संक्रमितको संख्या तीव्र रुपमा बढ्न थाल्यो ।’
सरकारले पछिल्लो समय पीसीआरको परीक्षणको दायरा घटाउँदै लगेजस्तो देखिएको डा. पाण्डे बताउँछन् । सरकारले राजधानीबाट गाउँगाउँ पुग्ने सबैलाई पीसीआर परीक्षण गरेर पु¥याउन सक्ने अवस्था नभए पनि जनस्वास्थ्यको मापदण्ड पुरा गरेर मानिसलाई स्वयं सर्तक भएर घर पुग्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।
गाँस, बासको समस्या हुनेलाई उपत्यका तथा सहरमा रोकेर राख्नुभन्दा गाउँमै गएर कृषि पेशामा संलग्न हुन हौसला दिएर सुरक्षात्मक तरिकाले घरसम्म पु¥याउने व्यवस्था मिलाउनु उचित हुने उनी ठान्छन् । उपत्यकामै रोजीरोटीको व्यवस्था गर्न सक्ने वर्गलाई भने चाडपर्वको नाममा महामारीको बेलामा जोखिम मोलेर गाउँ नजान डा. पाण्डे सुझाव दिन्छन् ।
लामो यात्रा गरेर गाउँसम्म जानुपर्ने अवस्थामा मास्क, पञ्जा, चश्मा, समयसमयमा सेनिटाइजरको प्रयोग गर्न पनि उनले सुझाव दिए । सम्भव भएसम्म बाटोका लागि घरबाटै खानेकुरा लिएर जानु उपयुक्त हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
कोशी प्रदेश सरकारले निर्माण गर्ने ३८५ सडकको सूची सार्वजनिक
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब