सिरहामा कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु
सोमबार, २९ भदौ २०७७, १० : ५३
सिरहामा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको ज्यान गएको हो ।
लामो समय देखि ज्वरो आइरहेको उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ती महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।
उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादबले जानकारी दिए।
सिरहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११पु गेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित