शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए यूकेद्वारा बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक

सोमबार, २९ भदौ २०७७, १० : २४
सोमबार, २९ भदौ २०७७

 गैरआवासीय नेपाली संघ यूकेले आयोजना गरेको बाल चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत विजेताको नाम सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा सहभागी बालबालिकाहरुद्वारा सृजना गरिएका चित्रहरुको संग्रह ‘कोपिला’ पनि सार्वजनिक गरिएको  थियो ।

कोपिला संग्रहमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले शुभकामना दिँदै बेलायतवासी नेपालीहरुबीच एकता, सहिष्णुता, समझदारी र सहकार्य अभिवृद्धि गर्ने दिशामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय सम्नाव्या समिति यूकेको महत्वपूर्ण योगदान रहने बताएका छन् ।

 बेलायतमा नेपाल र नेपालीको परिचय, पहिचान र प्रतिष्ठा बढाउन र मातृभूमीको आर्थिक, सामाजिक, र संस्कृतिक विकासमा एनआरएन यूकेले महत्वपूर्ण भूमिका खेलेको भन्दै भावि दिनका कार्यहरु पनि सफल र सार्थक रहुन भन्दै राजदूत सुवेदीले  शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेना, एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कँडेल, उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, सहकोषाध्यक्ष शकुन्तला गुरुङ, सदस्य सरस्वती केसी, धनबहादुर सार्की, आइसीसी सदस्य अर्कराज तिमिल्सिना लगायतले ति बालबालिकाका चित्रहरुको संग्रह ‘कोपिला’ विमोचन समेत गरे ।

प्रतियोगिता अन्तर्गत माध्यमिक तहमा प्रथम स्थान चितवनकी प्रशंसा घिमिरेले जितिन् भने दोश्रो स्थान सुरक्षा खरेल, तृतीय वसन्त कँडेल र चौंथो स्थान सुरज खरेलले प्राप्त गरे । त्यसैगरि, प्राथमिक तहमा पहिलो स्थान प्राची न्यौपानेले प्राप्त गरेकी छन् भने दोश्रो अनुष्का मानन्धर, तेश्रो रक्षा आचार्य र चौथो स्वीकृति आचार्य भए । 

प्रतियोगितामा ४६ जना बालबालिकाले सहभागिता जनाएका थिए । इभा सापकोटाले निर्णायकहरुका तर्फबाट सान्त्वना पुरस्कार पाएकी छन् । एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदत्त कँडेल, सीता खरेल (उपसंयोजक), अर्क तिमिल्सिना, एलबिजेड गुरुङ, बाल साहित्यकार विनोद न्यौपाने, कलाकार रुरु लम्साल, कृष्ण देवकोटा, शकुन्तला गुरुङ गरि ८ जनाको  मूल्यांकन समिति गठन गरिएको थियो । अर्कराज तिमिल्सिना, रुरु लम्साल र विनोद न्यौपाने सहितको मूल्यांकन समितिद्वारा चित्रकलामा विजय हुनेको मुल्यांकन गरि अन्तिम नतिजा सार्वजनिक गरिएको थियो ।

 कार्यक्रममा एनआरएनए एसिया प्यासिफिकले गत महिना आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने लन्डन निवासी टिया आचार्यलाई प्रशंसापत्रसहित सम्मान समेत गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको यस प्रतियोगिता सरहानीय भएको बताए । उनले विजेतालाई बधाइ दिँदै यस्ता रचनात्मक कार्यक्रम निरन्तर गर्न पनि सुझाए ।
 एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले कार्यक्रम सन्चालन गर्दै लकडाउनका कारण विद्यालय बन्द भएर घरमै रोकिन बाध्य यूकेका बालबालिकालाई रचनात्मक कार्यमा सहभागी गराउन प्रतियोगिता आयोजना गरिएको जनाए । 
मन्तव्यका क्रममा एनआरएनए यूके उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कँडेलले एनआरएनले भोलिको पुस्ताका लागि थोरै काम गरेका बेला चित्रकला अवधारणा परिकल्पना गरिएको जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप