शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

सोमबार, २९ भदौ २०७७, १० : २०
सोमबार, २९ भदौ २०७७

प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । 

दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । 

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए । 

उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौँ  बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप