शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विशेष अस्पताल बुटवलमा कपिलबस्तुकी महिलाको मृत्यु

सोमबार, २९ भदौ २०७७, ०९ : ०६
सोमबार, २९ भदौ २०७७

बुटवल – कोरोना बिशेष अस्पतालमा बुटवलमा  थप एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान  मृत्यु भएको  अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार  अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार गर्दागर्दे आज बिहान मृत्यु भएको हो ।

उनी मिर्गौला रोगबाट पीडित रहेकोले डायलासिस भइरहेको डा. गौतमले बताए । योसगै कोरोना विशेष अस्पलामा मृत्यु हुनेको संख्या १४ रहेको छ । शव व्यवस्थापन सेनाले गर्ने तयारी गरेको अस्पतालका फोकल पर्शन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप