शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु, कुल संख्या २८ पुग्यो

सोमबार, २९ भदौ २०७७, ०७ : ५९
सोमबार, २९ भदौ २०७७

पोखरा । गण्डकीमा थप एक जनाले  कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।

निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । रुपन्देहीको लुम्बिनी अस्पतालमा उपचाररत ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । भदौ  २६ गते दिउँसो उनको मृत्यु भएको थियो । अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

यसैगरि, पछिल्लो अपडेटअनुसार  प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये  बागलुङ बडिगाडका २ जना विदेशबाट आएर क्वारेन्टिनमा बसेकाहरु रहेका छन् भने कास्कीमा १७ जनामा संक्रमण देखिएको छ ।  पोखरा महानगरपालिकाको वडा नम्बर ४ र १७ मा भेटिएका ७ जना नेपाल प्रहरीमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालयसमेत रहेको वडा नम्बर ४ का ५ जना प्रहरीमा संक्रमण देखिएको छ । पोखरा, २३ मा १ जना, १४ मा ३ जना महिलासहित ६ जना र वडा नम्बर ७ र ८ मा १र१ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

पोखरा–८ की २१ वर्षीया युवती स्वास्थ्यकर्मी हुन् । उनी पोखरा महानगपालिका अन्तर्गतको स्वास्थ्य सेवा विभागमा कार्यरत छिन् । अन्य संक्रमितहरु केही विदेशबाट आएका र बाँकी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

पछिल्लो अपडेटअनुसार कुल संक्रमितको संख्या २१९१ पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप