बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, २९ भदौ २०७७, ०७ : ३५
सोमबार, २९ भदौ २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार सोमबार मनसुनकोे न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । 

न्यून चापीय रेखाको प्रभावका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २,  गण्डकी प्रदेश र  प्रदेश ५ का केही स्थानहरु र अन्य प्रदेशका थोरै स्थानमा  वर्षा भइरहेको छ । 

यसैगरी, महाशाखाले दिउँको मौसमको अवस्था सामान्यतया बदली रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ ।

भने, प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५ र  सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको  सम्भावना रहने पूर्वानुमानमा उल्लेख छ । 

यस्तै, राति देशभर  सामान्यतया  बदली  रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्गसहित  हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको  छ । 

यता, प्रदेश १,  वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप