शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पीएसजी लगातार दोस्रो खेलमा पराजित

सोमबार, २९ भदौ २०७७, ०७ : ०५
सोमबार, २९ भदौ २०७७

इन्जुरी समयमा भएको झडपमा नेयमारसहित पाँच जना खेलाडीले रातो कार्ड पाउँदा पेरिस सेन्ट जर्मेन लिग वानमा चिरप्रतिद्वन्द्वी मार्सेसँग पराजित भएको छ ।

फ्लोरियान थाउभिनले खेलको एक मात्र गोल गरेपछि पीएसजी सन् १९८४–८५ पछि पहिलोपटक लिगमा शुरुवाती दुई खेल हार्न पुग्यो ।

खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो । जसमा पीएसजीका नेयमारसहित लेभिन कुरुजावा, लियोनार्डो पारेडेस तथा मार्सेका जोर्ड अमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाए । भीएआरमा रेफ्रीले जाँच गर्दा नेयमारले विपक्षी खेलाडीलाई मुक्का हानेको देखिएको थियो ।

यता, नेयमारले भने आफूमाथि मार्सेका खेलाडीले रंगभेदी टिप्पणी गरेको आरोप लगाए । खेलपछि आरोपबारे मार्सेका म्यानेजर आन्द्रे भिल्ला बोआसले भने, ‘फुटबलमा रंगभेदको कुनै स्थान छैन तर मलाई लाग्दैन कि यहाँ यस्तो भएको छ । यद्यपि हामी यसबारे छानबिन गर्छौं ।’

५ हजार दर्शकसामु खलिएको खेलमा कूल १७ वटा कार्ड देखाइएको थियो । २१ औँ शताब्दीमा लिग वान खेलका लागि यो नयाँ कीर्तिमान थियो ।

इन्जुरी समयमा मार्सेका बेनेडेट्टोले पीएसजीका पारेडेसलाई पछाडिबाट धक्का दिएपछि दुई टोलीबीच झडप भएको थियो । त्यसलगतै पाराडेसले बेनेडेट्टोमाथि मुक्का प्रहार गरेका थिए भने अल्भारोलाई हेडबट गरेका थिए । त्यसपछि कुरुजावा र अमाभीबीच मुक्का र लात्तीको वर्षा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप