साउदी अरेबियामा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरूमा आंशिक छुट

एजेन्सी । साउदी अरेबियाले मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरूमा आंशिक छुट दिने भएको छ । सो क्रममा अन्तर्राष्ट्रिय उडानहरुले सीमित संख्यामा यात्रुहरु लिएर उडान भर्न सक्नेछन् । तर आगामी जनवरीमा मात्र उडानमाथि लगाइएको प्रतिबन्ध पूर्णरुपमा हट्ने जनाइएको छ । त्यसअघि विस्तारै प्रतिबन्ध हटाउने साउदी सरकारको योजना छ ।
अरब न्यूज समाचारपत्रले साउदी अरेबियाका गृहमन्त्रीलाई उदृत गर्दै भनेको छः ‘कोविड १९ महामारीका कारणले अन्तर्राष्ट्रिय भ्रमणमा लगाइएको प्रतिबन्ध अर्को वर्ष जनवरी १ पछि पूर्णतया हटाइनेछ।’ त्यसपछि मानिसहरूलाई भूमि, समुद्र र समुद्री किनारमा जान समेत अनुमति दिइनेछ। उनका अनुसार यो वर्षको अन्त्य हुनुभन्दा ३० दिन अघिनै प्रतिबन्ध हटाउने घोषणा गरिनेछ । त्योसँगै स्वास्थ्य मन्त्रालयले यात्रु र यातायात प्रदायकहरूको सुरक्षाका लागि नियमहरु पनि बनाउनेछ। साथै एयरपोर्ट, पोर्ट र स्टेशनहरूको लागि नियमहरू पनि सेट हुनेछ।
अरब न्यूजका अनुसार, साउदी अरेबियाले आइतवार घोषणा गर्योकि साउदी अरेबियामा ९३ प्रतिशत कोरोनाका बिरामीहरू निको भएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार साउदी अरेबियामा जम्मा ३ लाख २५ हजार ६५१ संक्रमित व्यक्तिमध्ये ३ लाख २ हजार ८७० जना निको भएका छन्। त्यहाँ अहिलेसम्म संक्रमणका कारण ४ हजार २ सय ६८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने