शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साउदी अरेबियामा मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरूमा आंशिक छुट

सोमबार, २९ भदौ २०७७, ०० : ३१
सोमबार, २९ भदौ २०७७

एजेन्सी । साउदी अरेबियाले मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरूमा आंशिक छुट दिने भएको छ । सो क्रममा अन्तर्राष्ट्रिय उडानहरुले सीमित संख्यामा यात्रुहरु लिएर उडान भर्न सक्नेछन् । तर आगामी जनवरीमा मात्र उडानमाथि लगाइएको प्रतिबन्ध पूर्णरुपमा हट्ने जनाइएको छ । त्यसअघि विस्तारै प्रतिबन्ध हटाउने साउदी सरकारको योजना छ ।

अरब न्यूज समाचारपत्रले साउदी अरेबियाका गृहमन्त्रीलाई उदृत गर्दै भनेको छः ‘कोविड १९ महामारीका कारणले अन्तर्राष्ट्रिय भ्रमणमा लगाइएको प्रतिबन्ध अर्को वर्ष जनवरी १ पछि पूर्णतया हटाइनेछ।’ त्यसपछि मानिसहरूलाई भूमि, समुद्र र समुद्री किनारमा जान समेत अनुमति दिइनेछ। उनका अनुसार यो वर्षको अन्त्य हुनुभन्दा ३० दिन अघिनै प्रतिबन्ध हटाउने घोषणा गरिनेछ । त्योसँगै स्वास्थ्य मन्त्रालयले यात्रु र यातायात प्रदायकहरूको सुरक्षाका लागि नियमहरु पनि बनाउनेछ। साथै एयरपोर्ट, पोर्ट र स्टेशनहरूको लागि नियमहरू पनि सेट हुनेछ।

अरब न्यूजका अनुसार, साउदी अरेबियाले आइतवार घोषणा गर्‍योकि साउदी अरेबियामा ९३ प्रतिशत कोरोनाका बिरामीहरू निको भएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार साउदी अरेबियामा जम्मा ३ लाख २५ हजार ६५१ संक्रमित व्यक्तिमध्ये ३ लाख २ हजार ८७० जना निको भएका छन्। त्यहाँ अहिलेसम्म संक्रमणका कारण ४ हजार २ सय ६८ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप